नेपाल वातावरण पत्रकार समूह (नेफेज)को अध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित भएका छन्।
नेफेजको शुक्रबार भएको ३९ औँ साधारणसभापछि भएको मतदानमा कार्कीले ४५ मत प्राप्त गरी विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी रोशनी अधिकारी पाठकले २८ मत प्राप्त गरिन्।
कुल १०४ मतदाता रहेकामध्ये निर्वाचनमा ७४ मत खसेको थियो।
यसैगरी, उपाध्यक्षमा टीका बन्धन ४१ मत ल्याएर विजयी बने।
उनका निकटतम प्रतिस्पर्धी सुरेश शर्माले ३२ मत प्राप्त गरे।
महासचिवमा कमलदेव भट्टराई, सचिव (महिला) मा सृष्टि काफ्ले र कोषाध्यक्षमा भीष्मराज ओझा निर्विरोध निर्वाचित भएका छन्।
नयाँ कार्यसमितिको २ सदस्य (पुरुष) का लागि भएको निर्वाचनमा यम बम र रामप्रसाद भण्डारी विजयी बने।
बमले ५४ र भण्डारीले ४६ मत प्राप्त गरे।
सदस्यका अर्का उम्मेदवार प्रकाश रिमालले ३० मत प्राप्त गरे।
कूल ११ सदस्यीय कार्यसमितिका लागि भएको मतदानमा २ महिला सदस्य र २ विज्ञ सदस्यको उम्मेदवारी नपरेकाले उक्त पदहरूमा नवनिर्वाचित कार्यसमितिले मनोनयन गर्ने निर्वाचन आयुक्त डा रवि शर्मा अर्यालको निर्वाचन समितिले जनाएको छ।