महिला साफ च्याम्पियसीपमा माल्दिभ्सको पोस्टमा नेपालको ११ गोल

नेपालले २ खेलबाट ४ अंक जोडेको छ, गोलस्कोरका आधारमा नेपाल समूह ‘बी’ को शीर्षस्थानमा छ

जनसम्मत
कार्तिक ६, २०८१, मंगलवार

महिला साफ च्याम्पियनसीप फुटबलमा नेपालले माल्दिभ्समाथि ११ गोलवर्षा गराउँदै
फराकिलो अन्तरले हराएको छ।

काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिँजो (सोमबार) बेलुकी भएको खेलमा आयोजक नेपालले माल्दिभ्सको पोस्टमा ११–० गोलवर्षा गरायो।

एउटै खेलमा भएको जुन गोलवर्षा हालसम्मकै नेपालको बढी गोल हो।

नेपालको जितमा रेखा पौडेलले ५ गरिन्।

प्रीति राईले ह्याट्रिक गरिन्।

सबिता राना मगर, अमिशा कार्की र अनिता केसीले १/१ गोल गरे।

खेलको सर्वाधिक गोलकर्ता रेखा ‘प्लेयर अफ दि म्याच’ बनिन्।

यो जितसँगै नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ।

नेपालले २ खेलबाट ४ अंक जोडेको छ।

नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिदैँ समान १/१ अंक बाँडेको थियो।

यस्तै भुटान पनि ४ अंकसहित दोस्रो स्थानमा छ।

श्रीलंका ३ अंकसहित तेस्रो स्थानमा छ।

कमजोर माल्दिभ्स अंकविहीन हुँदै तालिकाको पुछारमा छ।