टी–२० क्रिकेटमा सोमपाल बने ‘प्लेयर अफ दि सिरिज’

प्रतियोगितामा सोमपालले सर्वाधिक ५ विकेट लिए, कुशल भुर्तेलले सर्वाधिक १४२ रन बनाए

जनसम्मत
कार्तिक ६, २०८१, मंगलवार

नेपाली क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामी ‘प्लेयर अफ दि सिरिज’ बनेका छन्।

अमेरिकासँगको ३ वटा टी–२० आईसीसी श्रृंखलामा नेपालले ‘क्लिन स्विप’ गर्दा सोमपाल ‘प्लेयर अफ दि सिरिज’ घोषित भएका हुन्।

उनले प्रतियोगितामा सर्वाधिक ५ विकेट लिए।

घरेलु टोली अमेरिकाका जसदीप सिंहले पनि समान ५ विकेट लिए।

नेपालकै दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिएका थिए।

नेपालका कुशल भुर्तेलले सर्वाधिक १४२ रन बनाए।

अमेरिकाको डालासमा सोमबार बिहान भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराएको थियो।

योसँगै नेपालले श्रृंखखला ३–० ले जित्दै ‘क्लिन स्वीप’ गर्न सफल बन्यो।

यसअघि, नेपाल पहिलो खेलमा १७ रनले तथा दोस्रो खेल टाई हुँदा सुपर ओभरमा विजयी भएको थियो।