राहत कोषमा १ अर्ब ८१ करोड सहयोग रकम संकलन

राहत कोषमा विभिन्न संघसंस्था, निकाय, कम्पनी र व्यक्तिले पनि सहयोग रकम जम्मा गरेका छन्

जनसम्मत
कार्तिक ४, २०८१, आइतबार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा १ अर्ब ८१ करोड ७१ लाख १४ हजार ३ सय ७९ रुपैयाँ संकलन भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको यो विवरण यही कार्तिक ४ गतेसम्मको हो।

उक्त कोषमा विभिन्न संघसंस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन्।

यस्तै, व्यक्तिगत रुपमा पनि कोषमा रकम जम्मा भएको छ।

सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्र्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ।

विपद् प्रभावितलाई सहज रुपमा राहत उपलब्ध गराउन सरकारले अति प्रभावित, प्रभावित क्षेत्रसमेत घोषणा गरेको छ।