एएफसी यु–१७ एसियन कप छनोटमा नेपालको लज्जाजनक हार

खेलको सुरुमवाती अग्रता लिएको नेपाल जापानसँग ९–२ ले पराजित

जनसम्मत
कार्तिक ८, २०८१, बिहीवार

नेपालले एएफसी यु–१७ एसियन कप छनोटमा महारथी टोली जापानसँग लज्जाजनक हार व्यहोरेको छ।

सुरुमै बनाएको अग्रता जोगाउन नसक्दा जापानसँग ९–२ ले पराजित भएको छ ।

बुधबार राति कतारको दोहामा भएको समूह ‘एफ’ को खेलमा नेपालले सुरुआती अग्रता लिएको थियो।

बलियो टोलीविरुद्ध सबिनकुमार मगरले १२ औं मिनेटमा अप्रत्यासित रुपमा गोल गरे।

अर्काे गोल विपिन खड्काले ८८ औं मिनेटमा गरेका हुन्।

नेपालले खेलमा अग्रता बनाएपनि जापानले पहिलो हाफमै ५ गोल फर्काएको थियो।

जापानको जितमा २ खेलाडीले ह्याट्रिक गरे।

दाइची टानीले ४ र असदाले ३ गोल गरे।

कसाई र चानानले समान १/१ गोल गरे।

समूह ‘एफ’ मा नेपाल रहेको टोलीमा जापानसँगै, कतार, र मंगोलिया छन्।

नेपालले अब दोस्रो खेलमा भोलि (शुक्रवार) घरेलु टोली कतारसँग खेल्ने छ।

अन्तिम खेल आइतवार मंगोलियासँग खेल्नेछ।
दुवै खेल दोहाको एसपायर एकेडेमी पिचमा नेपाली समयअनुसार राति साढे ८ बजे हुनेछ।

समूहकै अर्काे खेलमा कतारले मंगोलियालाई २–० ले हराएको छ।