बंगलादेश महिला साफ च्याम्पियनसीपको फाइनलमा

पहिलो सेमिफाइनलमा साविक बिजेता बंगलादेशले भुटानलाई ७–१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो

जनसम्मत
कार्तिक ११, २०८१, आइतबार

डिफेन्डिङ च्याम्पियन बंगलादेशले महिला साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ।

बंगलादेश लगातार दोस्रो पटक साफको फाइनलमा पुगेको हो।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

खेलको पहिलो हाफमा बंगलादेशले ५–१ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल थप्यो।

बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गरेकी थिइन् भने सबिना खातुनले २ गोल र ऋतु पूर्ण चक्माले १ गोल गरेकी थिइन्।

त्यस्तै, भुटानका लागि डेकी लहाजोमले १ गोल गरेकी थिइन्।

अब बंगलादेशले आज हुने दोस्रो सेमिफाइनलको नेपाल र भारतबीचको विजेतासँग फाइनलमा खेल्ने छ।

फाइनल खेल बुधबार हुनेछ।