आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएकोछ।
२८७ रनको लक्ष्य पाएको अमेरिकाले ४९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गरेको थियो।
अमेरिकाका ओपनर शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित १०४ रन बनाए।
नेपालका कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए।
सोमपाल कामीले २ विकेट लिए।
ललित राजवंशीले १ विकेट लिए।
त्यसअघि, अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अल आउट हुँदै २८६ रन बनाएको थियो।
नेपालका कप्तान रोहित पौडेलले ९६ रन बनाए।
ओपनर आसिफ शेखले ५२ रन थपे।
अनिल साहले ५६ रन जोडे।
अमेरिकाका स्पिनर नोष्थुश केन्जिगेले ४ विकेट लिए।
नेपालले अव भोलि (मंगलबार) स्कटल्यान्डसँग खेल्नेछ।
अमेरिका, क्यानडा र स्कटल्यान्ड सम्मिलित लिग–२ मा ९ खेलमा ३ अंकसहित नेपाल तालिकाको सातौं स्थानमा छ।
अमेरिका दोस्रो र क्यानडा शीर्ष स्थानमा छ।