राइजिङ पोखरा क्लबस्तरीय क्रिकेट च्याम्पियन

पोखरा क्लबका सुवास भण्डारी बने ‘प्लेयर अफ दि सिरिज’

जनसम्मत
कार्तिक १२, २०८१, सोमबार

राइजिङ पोखरा क्लबस्तरीय एक दिवशीय क्रिकेट च्याम्पियन बनेको छ।

पोखरामा सोमबार सम्पन्न फाइनल खेलमा राइजिङ पोखरा क्लबले पोखरा क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै च्याम्पियन बन्न सफल भएको हो।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा अन्तर क्लबस्तरीय एक दिवसिय क्रिकेट च्याम्पियनसीपको फाइनलमा २२५ रनको लक्ष्य पाएको राइजिङले ४१.२ ओभरमा ४ विकेटको क्षतिमा २२७ रन जोड्दै च्याम्पियन बनेको हो।

राइजिङको जितमा ओपनर अनिल गुरुङ नायक बने।

अनिलले १०१ रनको शतकिय पारी खेल्दै नटआउट रहे।

उनले ११९ बलमा ८ चौका र २ छक्का समेत प्रहार गरे।

कृष्ण पौडेल २७ रनमा नटआउट रहे।

उनले १७ बलमा १ चौका र ३ छक्का प्रहार गरे।

विमलविक्रम खत्रीले ६९ रनको योगदान दिदै आउट भए।

उनले ६६ बलमा ६ चौका र ४ छक्का प्रहार गरे।

नविन पोख्रेल ५, निर्मल क्षेत्री १६, अस्विन अधिकारी १ रनमा आउट भए।

पोखराका लागि देव शाहले १० ओभरमा ४६ रन खर्चदै सर्वाधिक ३ विकेट लिए।

अमन सुवेदीले १ विकेट लिए।

त्यसअघि, पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा क्रिकेटले ५० ओभरमा ८ विकेट गुमाउँदै २२४ रन बनायो।

पोखराका लागि सुवाष भण्डारी ८८ रनमा नटआउट रहे।

उनले १०५ बलमा ९ चौका र १ छक्का प्रहार गरे।

ओपनर मुस्कान थापाले ३२ रन जोडे।

उनले ३१ बलमा ६ चौका प्रहार गरे।

अर्जुन बुढाथोकीले ११ रन जोडे।

रोशन पौडेलले १३ रन बनाए।

मनिस भण्डारीले ४ रन थपे।

अनिस खड्काले २ रनमात्रै बनाए।

इशान श्रेष्ठले १८ रन जोडे।

देव शाहले १० रन थपे।

विजय राउतले ६ रन बनाउँदै आउट भए।

अमन सुवेदी २ रनमा नटआउट रहे।

राइजिङका लागि अन्जन केसीले १० ओभरमा २ मेडनसहित ३० रन खर्चेर २ विकेट लिए।

समिर भुजेलले १० ओभरमा ४३ रन खर्चेर २ विकेट लिए।

कृष्ण पौडेल र सविन खत्रीले समान १÷१ विकेट लिए।

पोखरा क्रिकेट क्लबका सुवाष भण्डारी ‘प्लेयर अफ द सिरिज’ घोषित भए।

उनले जारी प्रतियोगितामा कुल ९ अंक बटुल्दै सर्वोत्कृष्ट घोषित भएका हुन्।

उनले कुल ४ खेलमा ८ विकेट लिए भने १२० रन बनाए।

यस्तै राइजिङका अनिल गुरुङ ‘उत्कृष्ट ब्याट्सम्यान’ घोषित भए।

उनले ४ खेल खेल्दै कुल १९१ रन बनाए।

उनी फाइनल खेलको ‘म्यान अफ दि म्याच’ समेत घोषित भए।

पोखराकै देव शाह ‘उत्कृष्ट बलर’ घोषित भए।

उनले कुल ४ खेलमा १४ विकेट लिए।

उत्कृष्टहरुले ट्रफी हात पारे।

गण्डकी प्रादेशिक क्रिकेट संघ अध्यक्ष सञ्जयकान्त सिग्देल, गण्डकी प्रदेश खेलकुद परिषदका वोर्ड सदस्य ऋषि गौतम, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँ, सदस्य राजन वडगामी, गण्डकी अञ्चलका पूर्व कप्तान रविन्सन प्रजु, विग्नेश थापा लगायतले विजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे।

कात्तिक १ गतेदेखी प्रतियोगिता संचालन भएको थियो।

प्रतियोगितामा कुल ९ टिमको सहभागिता रहेको थियो।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहयोगमा प्रतियोगिता भएको हो।