लिग–२ क्रिकेटमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हरायो

तालिकाको सातौँ स्थानमा रहेको नेपालको १० खेलबाट ५ अंक भएको छ

जनसम्मत
कार्तिक १४, २०८१, बुधबार

आइसीसी विश्वकप क्रिकेट लिग–२ क्रिकेटमा नेपालले स्कटल्यान्डलाई हराएको छ।

अमेरिकामा भइरहेको श्रृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको हो।

अमेरिकाको डालसमा स्कटल्याण्डले दिएको १५५ रनको लक्ष्य नेपालले २९ ओभर ५ बलमा भेट्टायो।

नेपालका आरिफ शेखले सर्वाधिक ५१ रन बनाए।

कुशल भुर्तेल र गुल्सन झाले २५÷२५ रन जोडे।

आसिफ शेखले २१ रन थपे।
स्कटल्याण्डका ब्राण्डम म्याकुलमले २ विकेट लिए।

त्यसअघि, टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ४१ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो।

स्कटल्याण्डका मार्क वाटले ३४ रन बनाए।

नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए।

करण केसी, सोमपाल कामी र गुल्सन झाले २÷२ विकेट लिए।

त्यसैगरी, आरिफ शेखले १ विकेट लिए।

लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपाल घरेलु टोली अमेरिकासँग ३ विकेटले पराजित भएको थियो।

त्यस्तै, स्कटल्याण्डले आफ्नो पहिलो खेलमा अमेरिकालाई १० विकेटले हराएको थियो।

तालिकाको सातौँ स्थानमा रहेको नेपालको १० खेलबाट ५ अंक भएको छ।

स्कटल्याण्ड ९ खेलबाट ११ अंकका साथ चौथो स्थानमा छ।

शीर्ष स्थानमा रहेको क्यानडाको १२ खेलबाट १६ अंक छ।

तस्बीरः क्यान