गरिमा विकास बैंक लिमिटेडले साफ वुमन्स च्याम्पियनसीप फुटवलको फाइनल खेलमा नेपाली टिमलाई प्रति गोल १ लाख रुपैयाँका दरले पुरस्कार दिने घोषण गरेको छ।
बंगलादेश विरुद्धको फाईनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल रु. १ लाख प्रदान गर्ने विज्ञप्तिमार्फत जनाएको छ।
नेपालमा फुटवल खेलको विकास, प्रवद्र्धन तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यसहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको बैंकले जनाएको छ।
काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामासाँझ साढे ६ बजेदेखि खेल सुरु हुदैँछ।
यसअघि, ५ पटक फाइनल पुगेरपनि उपविजेतामै सीमित नेपाल पहिलोपल्ट उपाधि जित्ने लक्ष्यमा छ।
उता, एकपटक उपाधि जितेको बंगलादेश फेरि उपाधि जित्ने प्रयासमा छ।
नेपाललाई अघिल्लो संस्करणको हारको बदला लिएर उपाधि जित्ने मौका छ।
सन् २०१० को पहिलो संस्करण र सन् २०१४ को तेस्रो संस्करणमा नेपालले बंगलादेशलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो।