साफ उपविजेता नेपाली महिला टोलीका खेलाडीलाई जनही ३ लाख पुरस्कार

नेपाली महिला टोलीलाई नगद पुरस्कार प्रदान गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिएका छन्

जनसम्मत
कार्तिक १५, २०८१, बिहीवार

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसीप–२०२४ को उपविजेता नेपाली टोलीका खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कार दिने भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा नेपाली महिला टोली बंगलादेशसँग २–१ पराजित भएको थियो।

साफ महिला च्याम्पियनसीपको फाइनलमा नेपालको यो छैटौं हार हो।

उक्त टोलीलाई नगद पुरस्कार प्रदान गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए।

घिसिङका अनुसार मुख्य प्रशिक्षकले २ लाख तथा व्यवस्थापक, सहायक प्रशिक्षक र चिकित्सकले जनही १ लाख २० हजार रुपैयाँ पाउनेछन्।