‘द हङकङ सिक्सेस’मा इंग्ल्यान्डलाई हराउँदै नेपालको विजयी सुरुवात

नेपालले इंग्ल्यान्डलाई ६ विकेटले हरायो, ९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरको खेलमा १० बल बाँकी हुँदै भेट्टायो

जनसम्मत
कार्तिक १६, २०८१, शुक्रबार

‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ।

नेपाली समयअनुसार, आज (शुक्रबार) बिहान भएको आफ्नो पहिलो खेलमा नेपालले ३ पटकको च्याम्पियन इंग्ल्यान्डलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो।

नेपालले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै ऐतिहासिक जित निकालेको हो।

इंग्ल्यान्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरको खेलमा १० बल बाँकी हुँदै भेट्टायो।

नेपालले ४ ओभर २ बलमा लक्ष्य भेट्टायो।

नेपालका कप्तान सन्दिप जोराले ५० रन बनाएर रिटायर्ड भए।

यसैगरी, रसिद खानले अविजित २१ रन बनाए।

लोकश बलले अविजित २० रन थपे।

त्यसअघि, मिसन रोड ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो।

इंग्ल्यान्डका लागि कप्तान रवि भोपारले सर्वाधिक ४९ रन बनाए।

नेपालका प्रतिश जिसीले २ विकेट लिए।

नारायण जोशी, विबेक यादव र लोकेश बलले समान १÷१ विकेट लिए।

‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगितामा नेपालले भोलि (शनिबार) अस्ट्रेलियासँग खेल्नेछ।

तस्बीर: क्यान