२० औँ ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको छ।
श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले ५ ओभरमा सबै विकेट गुमाएर ८३ रन मात्रै बनाउन सक्यो।
त्यसअघि, टस हारेर व्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर १२३ रन बनायो।
यसअघि, आजै भएको समूह चरणको अन्तिम खेलमा नेपालले अष्ट्रेलियालाई ११ रनले हराएको थियो।
हिजो इंग्ल्याण्डलाई हराएको नेपाल आज अष्ट्रेलियासँगको जितसँगै समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको हो।
नेपालले पहिलो पटक ‘द हङकङ सिक्सेस’ प्रतियोगिता खेलेको हो।
प्रतियोगितामा १२ टोली सहभागी छन्।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भोलि (आइतबार) हुनेछ।