श्रीलंका ‘द हङकङ सिक्सेस’ क्रिकेट च्याम्पियन

फाइनलमा पाकिस्तानलाई ३ विकेटले हराउँदै श्रीलंका उपाधि जितेको हो

जनसम्मत
कार्तिक १८, २०८१, आइतबार

श्रीलंका ‘द हङकङ सिक्सेस’ क्रिकेटको च्याम्पियन बनेको छ।

आज (आइतबार) सम्पन्न फाइनलमा श्रीलंकाले पाकिस्तानलाई ३ विकेट हराउँदै उपाधि जितेको हो।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पाकिस्तान ५ ओभर २ बलमा ७२ रन बनाएर अलआउट भयो।

७३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ५ ओभरमा ३ विकेटको जित निकाल्यो।

श्रीलंकालाई जित दिलाउन ओपनर सन्दुक विराक्कोदीले ३४ रन बनाए।

अर्का ओपनर धनञ्जय लक्सन २ रनमै पेलिभियन फर्किए।

कप्तान लाहिरू मधुसनकाले १९ रनको योदान गरे।

उनले ५ बलमा ३ छक्का प्रहार गरे।

लाहिरू सामराकुनले १ अविजित रन जोडे।

यसैगरी, थारिन्दु रत्नायकेले ४ बलमा २ छक्का र १ चौका हाने।

प्रतियोगिताको सेमिफाइनलमा पाकिस्तानले अष्ट्रेलिया तथा श्रीलंकाले बंगलादेशलाई हराउँदै फाइनलमा पुगेको थियो।

प्रतियोगितामा नेपाल क्वाटरफाइनलमा श्रीलंका तथा प्लेट सेमिफाइनलमा यूएईसँग पराजित भएको थियो।

नेपालले समूह चरणमा भने इंग्ल्याण्ड र अष्ट्रेलियालाई हराउँदै समूह विजेता बनेको थियो।

तस्बीरः क्यान