‘द हङकङ सिक्सेस’ को प्लेट सेमिफाइनलमा नेपाल युएईसँग पराजित

प्लेट सेमिफाइनलमा नेपाल युएईसँग ५ विकेटले पराजित हुँदै क्रिकेट प्रतियोगिताबाट बाहिरियो

जनसम्मत
कार्तिक १८, २०८१, आइतबार

नेपाल ‘द हङकङ सिक्सेस’ क्रिकेटको प्लेट सेमिफाइनलमा युएईसँग ५ विकेटले पराजित हुँदै क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ।

मिसन रोड क्रिकेट मैदानमा आज (आइतबार) नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य युएईले ४ बल बाँकी रहँदा १ विकेट गुमाउँदै भेट्टायो।

युएईका लागि कप्तान आसिफ खानले १५ बलमा ७ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे।

यसैगरी, अन्स तन्डनले अविजित २३ रन बनाए।

खालिद शाहले १५ रन जोडे।

नेपालका लागि एकमात्र विकेट राशिद खानले लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा ३ विकेट गुमाउँदै ९४ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि विवेक यादवले १६ बलमा ५ छक्का र ३ चौकाको मद्दतले अविजित ४९ रनको योगदान गरे।

यसैगरी, लोकेश बमले १९ रन जोडे।

प्रतिश जिसीले अविजित १४ रन बनाए।

युएईका लागि अकिफ राजाले २ विकेट लिए।

सन्चित शर्माले १ विकेट लिए।

समूह चरणमा इंग्ल्यान्ड र अस्ट्रेलियालाई हराएको नेपाल क्वार्टरफाइनलमा श्रीलंकासँग पराजित भएको थियो।

तस्बीरः क्यान