तिहार पर्वको बिदापछि आज (मंगलबार) देखि सरकारी कार्यालय खुल्दैछन्।
साथै, आजैदेखि सरकारी कार्यालय खुल्ने समय १ घण्टा छोटिदैँछ पनि।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको हो।
गएको बिहीवार कात्तिक १५ गतेदेखि नै सरकारी कार्यालयको समय १ घण्टा छोटिएपनि तिहार बिदा परेका कारण आज (मंगलबार) देखि सरकारी कार्यालयहरु बिहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुनेछन्।
गत वर्षको माघ १६ देखि कार्तिक १५ सम्म बिहान १० बजे कार्यालय खुलेर बेलुका ५ बजे बन्द हुँदै आएको थियो।
२०७४ साल चैत १४ मा राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले यस्तो नियम बनाएको थियो।