रवि लामिछानेको म्याद थपबारे बहस सकियो

लामिछानेलाई थप १० दिन थुनामा राख्न कास्की जिल्ला अदालतले अनुमति दियो

जनसम्मत
कार्तिक २०, २०८१, मंगलवार

रास्वपाका सभापति रवि लामिछानेको म्याद थपबारेको बहस सकिएको छ।

आज (मंगलबार) कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा म्याद थपबारे बहस सकिएको हो।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अझै ३० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले माग गरेको थियो।

आज (मंगलबार) कास्की जिल्ला अदालतमा म्याद थपबारे भएको बहसमा सरकारी वकिलको कार्यालयबाट लामिछानेमाथि अनुसन्धान बाँकी नै रहेकोले अझै ३० दिन म्याद लिएर हिरासतमा राख्न माग गरिएको हो।

सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले लामिछानेमाथि सम्पत्ति शुद्धीकरणलगायतका विषयमा अनुसन्धान बाँकी नै रहेकोले ३० दिनको म्याद लिएर हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने माग गरिएको थियो।

सरकारी वकिलको कार्यालयको तर्फबाट जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधीवक्ता विपिनराज तिवारी र शान्ति देवी शर्माले बहस गरेका थिए।

जाहेरवाला कृष्णराज जैसीको तर्फबाट अधिवक्ता युवराज पराजुलीले बहस गरेका थिए।

त्यस्तै रवि लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता नारायण पोखरेल, नारायण घिमिरेसहितले बहस गरेका थिए।

त्यस्तै छविलाल जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले बहस गरेका थिए।

लामिछानेलाई थप १० दिन थुनामा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको हो।

प्रहरीले २५ दिन म्याद थपको आदेश मागेपनि न्यायाधीश चन्द्रकान्त पौडेलले १० दिन थुनामा राख्न अनुमति दिएका हुन्।

हालसम्म, रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, यज्ञमणि न्यौपाने, नारायण पोखरेल, नारायण घिमिरे, हेमराज पोखरेल उपाध्याय, कमल पोखरेल र लेखनाथ सापकोटाले बहस गरेका थिए।

उता, विपक्षमा सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधीवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधीवक्ता विपिनराज तिवारी र शान्ति देवी शर्माले बहस गरेका थिए।

जाहेरवाला कृष्णराज जैसीको तर्फबाट अधिवक्ता युवराज पराजुलीले बहस गरेका थिए।

त्यसैगरी, छविलाल जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले बहस गरेका थिए।

कार्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धान गरिरहेको छ।

सहकारी ठगी र संगठित अपराधको कसूरमा अनुसन्धानका लागि हिरासतमा रहेका सभापति रवि लामिछानेलाई प्रहरीले आज (मंगलबार) तेस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो।

कास्कीको सूर्यदर्शन सहकारीको रकम हिनामिनाको आरोपमा प्रहरीले यही कार्तिकको २ गते रवि लामिछानेलाई काठमाण्डौबाट पक्राउ गरेर पोखरा ल्याएको हो।

लामिछानेलाई सुप्रिम सहकारीको रकम हिनामिनाको पनि आरोप लागेकाले पोखराबाट अब बुटवल लैजाने तयारी छ।

रुपन्देहीबाट पनि लामिछानेविरुद्ध पूरक जाहेरी आएको र पक्राउ पुर्जी पनि जारी भइसकेको छ।

रुपन्देहीमा पनि रबि लामिछानेले बयान दिनुपर्ने छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई उपस्थित गराइदिन पत्राचार गरिसकेकाले कास्कीमा अदालती प्रक्रिया सकिएपछि त्यता लगिने भएको हो।

फाइल तस्बीर