फ्रेन्चायज टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ।
टिमका प्रमुख सल्लाहकार एवं मेन्टर जोन्टी रोड्सले मुस्ताङको लोमान्थाङ पुगेर जर्सी सार्वजनिक गरेका हुन्।
प्रमुख सल्लाहकार एवं मेन्टर जोन्टी रोड्ससहित पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठी, ब्राण्ड एम्बेस्डर सन्दीप क्षत्री, नेपाल क्रिकेट संघ (क्यान) का कप्तान पारस खड्का, १४ पटक हिमाल आरोहण गरेका निमा तेञ्जिङ शेर्पाको उपस्थितिमा जर्सी सार्वजनिक गरिएको हो।
पोखरा एभेन्जर्सले एनपीएल लिगसँगै जलवायु परिवर्तनको सन्देश अगाडि बढाउनुका साथै दिगो पर्यटनलाई केन्द्रीत गरेको छ।
अध्यक्ष सुबोध त्रिपाठीका अनुसार पोखरा एभेन्जर्सले क्रिकेटसँगै जलवायु परिवर्तन र दिगो पर्यटनलाई केन्द्रीत गरी लोमान्थाङबाट जर्सी सार्वजनिक गरेको हो।
एनपीएलको सबैभन्दा महंगो टिम मानिएको फ्रेन्चायज पोखराले आफ्नो एनपीएल गीतपनि सार्वजनिक गरेको छ ।
मोन्टीको आगमनले नेपाली क्रिकेटको विकासमा थप सहयोग पुग्ने विश्वास लिइएको छ।
पोखरा एभेन्जर्समा विदेशी खेलाडी अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौससहितको बलियो टिम बनेको छ।
आन्द्रेस हाल अमेरिकी टोलीबाट खेलिरहेका खेलाडी हुन्।
पोखरा टिमको प्रमुख प्रशिक्षकमा भारतका राजीवकुमार छन्।
राजीवकुमारले आइपीएल टोली चेन्नई सुपर किङ्सको ब्याटिङ र फिल्डिङ प्रशिक्षक भएर काम गरिसकेका छन्।
यस्तै, पोखराको मार्की खेलाडीमा कुशल भुर्तेल छन्।