नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीले सबै तहका कमिटीमा ‘एक पद, एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने भएको छ।
संगठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद, एक व्यक्ति’ को अवधारणा कार्यान्वयन गर्न लागिएको पार्टीले जनाएको छ।
पार्टीमा आलोचनात्मक टिप्पणी गर्ने, फरक विचार पक्षधरलाई प्रभावकारी जिम्मेवारीमा केन्द्रीत गर्नेगरी नेताको जिम्मेवारी कार्यविभाजन गर्न लागिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिएका छन्।
पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा शीर्ष नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित ७ पदाधिकारीको कार्यदल गठन गरिएको छ।
पार्टीले बताएअनुसार, कार्यदलले पार्टीका असन्तुष्ट नेतासँग छलफल गरी उनीहरूलाई पनि केन्द्रीय जिम्मेवारी प्रदान गर्ने तयारी छ।