नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकारको कामलाई प्रभावकारी बनाउन सत्तासाझेदार दलहरूले संयन्त्र बनाएको बताएका छन्।
चितवनमा आज (बिहीबार) पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता महतले संघीय, प्रदेश र स्थानीय तहमा समझादारी बढाउन संयन्त्र अवश्यक भएको उल्लेख गरे।
उनले भने, ‘धेरैभन्दा धेरै परिणाम प्राप्त हुन सकोस् र जनताको अपेक्षा पूरा गर्न सकियोस् भन्ने उद्देश्यले संयन्त्र बनाइएको हो।’
देशको अर्थतन्त्रलाई चलायमान बनाउन युवाशक्तिलाई देशमै अवसर रहेको विश्वास दिलाउन आवश्यक रहेको उनको भनाई छ।
अर्थतन्त्रमा सुधार ल्याउन प्रधानमन्त्रीले पार्टीको स्वार्थभन्दा माथि देश र जनतालाई राखेर काम गर्नुपर्ने कुरामा जोड दिए।
उनले भने, ‘देशभित्रै अवसर छ। विदेशमात्रै जान खोज्नु हुँदैन भन्ने सन्देश दिन सक्नुपर्छ’, महतले थपे।
तस्बीरः एजेन्सी