चिनियाँ धावक सेन क्रस कन्ट्री च्यालेन्ज इन्डिभिजुअल इभेन्टको च्याम्पियन

यस इभेन्टमा नेपालका कुलबहादुर बस्नेत ४ मिनेट १० सेकेन्डले पछि पर्दै उपविजेता

जनसम्मत
कार्तिक २४, २०८१, शनिबार

चिनियाँ धावकहरुले तेस्रो संस्करणको अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौडको च्यालेन्ज इन्डिभिजुअल महिला÷पुरुष इभेन्टतर्फको दुबै उपाधि जितेका छन्।

पुरुषतर्फ चीनका यङ ज्याङ जेनले ३ घण्टा, ४४ मिनेट १२ सेकेन्डमा निर्धारित ५० किलोमिटरको निर्धारित दूरी पार गर्दै च्यालेन्ज इन्डिभिजुअल इभेन्टको पुरुषतर्फ च्याम्पियन बने।

यस इभेन्टमा विजेता बनेका जेनले १ लाख ५२ हजार ८ सय रुपैयाँ (८ हजार आरएमबी) नगदसहित मेडल र प्रमाणपत्र पुरस्कार जिते।

सोही इभेन्टमा नेपालका कुलबहादुर बस्नेत ४ मिनेट १० सेकेन्डले पछि पर्दै उपविजेता बने।

उनले निर्धारित दूरी ३ घन्टा ४८ मिनेट ०२ सेकेण्डमा पूरा गरे।

उपविजेता कुलबहादुरले १ लाख १४ हजार ६ सय रुपैयाँ (६ हजार आरएमबी) नगदसहित मेडल र प्रमाणपत्र पुरस्कार हात पारे।

त्यस्तै, नेपालकै होमलााल श्रेष्ठ तेस्रो भए।

उनले ३ घन्टा ५३ मिनेट ३३ सेकेण्डमा निर्धारित दूरी पूरा गरे।

तेस्रो बनेका होमलालले ७६ हजार ४ सय (४ हजार आरएमबी) नगदसहित मेडल र प्रमाणपत्र पुरस्का प्राप्त गरे।

यस्तै पुरुषतर्फ गोपाल तामाङले ३ घन्टा ५५ मिनेट ४३ सेकेण्डमा दौड पूरा गरी चौथो बने।

तिलक सुनारले ४ घन्टा ४६ सेकेण्डको समयमा दूरी पार गर्दै पाँचौ भए।

गोपाल र तिलकले समान ३८ हजार २ सय रुपैयाँ (२ हजार आरएमबी) नगदसहितको पुरस्कार हात पारे।

यस इभेन्टमा आठौंदेखि दशौं स्थानसम्म आउने धावकका लागि १९ हजार १ सय (१ हजार आरएमबी) नगदसहितको पुरस्कार छ।