नेकपा (माओवादी केन्द्र धनुषा) ले धनुषाको धनुषाधाम वडा नम्बर १ का वडाअध्यक्ष पदका लागि आकांक्षी उम्मेदवार छनोट गरेको छ।
नेकपा (माओवादी केन्द्र) धनुषाधाम नगरपालिका कमिटीले सुनिल कापरलाई सो पालिका (वडा) का वडाअध्यक्ष पदका लागि उम्मेदवार सर्वसम्मत रुपमा माथिल्लो कमिटीमा सिफारिस गरेको हो।
धनुषाधाम नगरपालिका–१ को वडाअध्यक्ष पदका लागि धनुषाधाम नगर कमिटीले अनुमोदन गरेको भन्दै नेकपा माओवादी केन्द्र धनुषाका नेता दीपक यादवले उम्मेदवार छनोट गरिएको नाम पार्टीको मधेश प्रदेश कार्यालय र केन्द्रीय कार्यालयमा सिफारिस गरेको जनाएका छन्।
नेपाली काँग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टीलगायत सो पालिकाको सोही वडका वडाध्यक्ष पद उम्मेदवार छनोटका लागि आन्तरिक तयारी जुटेका छन्।