राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्ने म्याद थपिएको छ।
लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो।
सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र संगठित अपराध आरोपमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पहिलोपटक कार्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो।
लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ।
रविसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्वडीआइजी छविलाल जोशी, लिला पछाई र रामकुमार खनाललाई पनि १३ दिन म्याद थप गरिएको छ।