नेपालका भूपेन्द्र गुरुङले १५ औं गोल्डेन ड्रागन च्याम्पियनसीपमा २ रजत पदक जितेका छन्।
अमेरिकाको क्यालिफोर्नियामा रहेको आर्काडिया हाई स्कुल जिम्नाजियममा हिँजो (शुक्रबार) भएको प्रतियोगितामा भूपेन्द्रले २ स्पर्धामा उपविजेता बन्दै २ रजत पदक जितेका हुन्।
ट्रेडिसनल चाइनिज मार्सल आर्ट्स फेडरेशन युएसएद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले ३६ वर्षमाथिको उमेर समूहमा ताइची र ट्रेडिसनल चाइनिज फम्र्समा प्रतिस्पर्धा गरेका थिए।
भूपेन्द्रको यो पाँचौं अन्तर्राष्ट्रिय पदक हो।
यसअघि, उनले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनसीप, सन् २०१९ मा थाइल्यान्डमा भएको सातौं विश्व कुङ फु च्याम्पियनसीप र सन् २०२२ मा बेलायतमा भएको युरोपियन च्याम्पियनसीपमा स्वर्ण जितेका थिए।
भूपेन्द्र गुरुङले सन् २०२२ मा भारतको लखनउमा भएको १४ औं राष्ट्रिय कुङ फु च्याम्पियनसीपमा निर्णायकको भूमिकासमेत निर्वाह गरेका थिए।