नेपाल पहिलो पटक यु–१९, महिला टी–२० विश्वकप क्रिकेटमा छनोट

युएईलाई हराउँदै नेपाल अर्काे वर्ष जनवरीमा मलेसियामा हुने आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटका लागि छनोट भएको हो

जनसम्मत
कार्तिक २८, २०८१, बुधबार

नेपाल यु–१९, महिला टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ।

युएईलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट भएको हो

अर्काे वर्ष जनवरीमा मलेसियामा हुने आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटका लागि छनोट भएको हो।

युएईलाई हराउँदै नेपाल आइसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट भएको हो।

१९ वर्षमुनिको महिला टी–२० विश्वकपको एशिया छनोटको निर्णायक खेलमा नेपालले युएईलाई ८ विकेटले हरायो।

युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभर ४ बलमा २ विकेट गुमाएर भेट्टायो।

नेपालकी सना प्रवीनले सर्वाधिक ३५ रन जोडिन्।

कप्तान पूजा महतोले २१ रन बनाइन्।

सोनी पाख्रिनले १३ रन थपिन्।

सावित्री धामीले १२ रन बनाइन्।

युएईकी मेहक ठाकुरले २ विकेट लिइन्।

यसअघि, घरेलु मैदान सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनायो।

युएईकी समिरा धार्निधार्काले सर्वाधि ३१ रन बनाइन्।

नेपालकी कृष्मा गुरुङले ४ विकेट लिइन्।

रिया शर्मा, कृष्मा गुरुङ र सीमाना केसीले समान २÷२ विकेट लिए।

रचना चौधरीले १ विकेट लिइन्।

कृष्माले खेलको १८ औं ओभरमा ३ विकेट लिइन्।

४ देश सहभागी प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहेर पहिलो पटक १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको हो।
नेपालले ६ खेलमा १० अंक जोड्यो।

युएईको पनि ६ खेलमा १० अंक भएपनि नेट रन रेटका आधारमा दोस्रो भयो।

यस्तै, थाइल्यान्ड ६ खेलमा ४ अंकसहित तेस्रो र कुवेत ६ वटै खेल हारेर पुछारमा रह्यो।

नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १०८ रनले हराएको थियो।

यस्तै, नेपाल तेस्रो खेलमा यूएईसँग १३ रनले पराजित भएको थियो।

यस्तै, नेपालले चौथो खेलमा थाइल्यान्डलाई १०६ रनले हरायो।

पाँचौं खेलमा कुवेतलाई १६५ रनले हरायो।

१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्काे वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ।

तस्बीरः क्यान