गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन

हृदयाघातका कारण गौचनको निधन

जनसम्मत
कार्तिक २९, २०८१, बिहीवार

गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको असामयिक निधन भएको छ।

गौचनको ६३ वर्षको उमेरमा गएराति निधन भएको हो।

हृदयाघातका कारण गौचनको निधन भएको हो।

काठमाण्डौंस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा हिँजो (बुधबार) राति साढे ११ बजेतिर गौचनको निधन भएको हो।

उनलाई राति असहज भएपछि १० बजे अस्पताल लगिएको थियो।

केही दिनअघि उनी डेंगुबाट संक्रमित भएकी थिइन्।

म्याग्दीकी गौचन नेपाली काँग्रेसका तर्फबाट समानुपातिकबाट गण्डकी प्रदेश सभा सदस्य बनेकी हुन्।

काँग्रेसले विमलालाई जनजातिको कोटाबाट समानुपातिकमा गण्डकी प्रदेश सभा सदस्य बनाएको हो।

स्व. गौचन, गण्डकी प्रदेशसभा सदस्यअघि नेपाली काँग्रेस म्याग्दीकी नेतृ थिइन्।

स्वर्गिय राम गौचनकी धर्मपत्नी विमला यसअघि नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य थिइन्।

स्व. गौचन काँग्रेसको भातृ संगठन नेपाल महिला संघ म्याग्दीकी सभापति समेत थिइन्।

स्व. गौचनले आफूलाई राजनीतिज्ञ, समाजसेवी र पर्यटन व्यवसायीका रुपमा स्थापित गराएकी थिइन्।