यु–१९ को नेपाली महिला क्रिकेटरहरुलाई जनही साँढे २ लाख पुरस्कार

टोलीका अफिसियलहरुले जनही १ लाख ५० हजार पाउनेछन्

जनसम्मत
कार्तिक २९, २०८१, बिहीवार

विश्वकपमा छनोट भएको यु–१९ महिला क्रिकेट टोलीका सदस्यलाई क्यानले साढे २ लाख रुपैयाँ दिने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी टी–२० विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोलीका सदस्यहरुलाई जनही साँढे २ लाख रुपैयाँका दरले पुरस्कारसहित सम्मान गर्ने भएको हो।

क्यानको आज (बिहीबार) बसेको बैठकले खेलाडीलाई साढे २ लाख र अफिसियलहरूलाई १ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

हिँजो (बुधबार) भएको १९ वर्षमुनिको महिला टी–२० विश्वकपको एशिया छनोटको निर्णायक खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलो पटक टी–२० विश्वकपमा छनोट भएको थियो।

नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको थियो।

त्यसैगरी, दोस्रो खेलमा कुवेतलाई १०८ रनले हराएको थियो।

यस्तै, नेपाल तेस्रो खेलमा युएईसँग १३ रनले पराजित भएको थियो।

यस्तै, नेपालले चौथो खेलमा थाइल्यान्डलाई १०६ रनले हरायो।

पाँचौं खेलमा कुवेतलाई १६५ रनले हरायो।

१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्काे वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ।

तस्बीरः क्यान