नेपाल प्रजातन्त्र सेनानी संघको कास्कीको अध्यक्षमा देवराज बराल चयन भएका छन्।
संघको बिहीबार सम्पन्न दोस्रो अधिवेशनले बरालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
संघको उपाध्यक्षमा जगननाथ गौतम चयन भएका छन्।
सचिवमा फणिन्द्रराज पराजुली छन्।
त्यसैगरी, सदस्यहरुमा चित्रप्रसाद खनाल, मोतिप्रसाद बस्ताकोटी, राममणि भट्टराई, टेकनाथ घिमिरे, यमबहादुर रानाभाट, रामप्रसाद तिमिल्सीना, रमा कार्की, जीवनजंग हिमाली, टिकाराम बास्तोला, चिरञ्जीवी अधिकारी, सोमनाथ अधिकारी, गोमा सुवेदी, राधा गौतम र हाईसुब्बा गुरुङ छन्।
कार्यक्रममा लीलाभक्त आचार्यलगायत २३ जना अग्रजदेखि हालसम्मका प्रजातन्त्र सेनानीहरुलाई संघले सम्मान गरेको छ।
सम्मानीत हुनेहरुमा भोजराज भण्डारी, केशव पराजुली, कृष्णमुरारी खनाल, मित्रलाल लामिछाने, कोमल पंगेनी, पुलेन्द्रमान श्रेष्ठ, हरिबहादुर परियार, मेघमणि सुवेदी, केशबहादुर बि.क., भवानीप्रसाद बास्तोला, गंगामाया गुरुङ, भोला लामिछाने, विश्वनाथ रानाभाट, सकुन्ताला गुरुङ, पुष्पराज पौडेल, बलबहादुर गुरुङ, हर्कबहादुर सुनार, अनन्तनाथ सुवेदी, खलिल मियाँ, नन्दप्रसाद तिवारी, देवीप्रसाद बस्ताकोटी, हासी नसिरुद्दीन मियाँ छन्।
प्रमुख अतिथि पूर्व सभामुख एवं नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापा, प्रजातन्त्र सेनानी संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहाल, नेपाली काँग्रेसकी केन्द्रीय सदस्य शारदा पौडेल, काँग्रेस कास्कीका जिल्ला सभापति किशोरदत्त बराललगायतले उनीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरेका हुन्।
प्रतिवन्धित अवस्थादेखि हालसम्म नेपाली काँग्रेस पार्टीको विकास, विस्तार र सुदिृढिकरणमा महत्वपूर्ण योगदान गरेको भन्दै उनीहरुलाई संघले सम्मान गरेको हो।
कार्यक्रममा प्रमुख अतिथि रानाभाट, पूर्वमन्त्री थापा, प्रजातन्त्र सेनानी संघका केन्द्रीय अध्यक्ष दाहाल, संघका केन्द्रीय प्रतिनिधि भरत भट्ट, केन्द्रीय सदस्य पौडेल, नेपाली काँग्रेस गण्डकीकी सह–महामन्त्री कोपिला रानाभाट, काँग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसी, महिला संघ कास्कीकी जिल्ला अध्यक्ष मिना पाण्डेलगायतले शुभकामना मन्तव्य राखेका थिए।
नेपाल प्रजातन्त्र सेनानी संघ कास्की अध्यक्ष नविनबाबु पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्ष तीर्थ अधिकारीले स्वागत मन्तव्य राखेका थिए।
संघका सचिव दयासागर सुवेदीले कार्यक्रम संचालन गरेका थिए।