लमजुङमा प्रजातन्त्रका सेनानीहरुलाई सम्मान गरेको छ।
प्रजातन्त्र स्थापनाको संघर्षमा योगदान गरेको भन्दै प्रजातन्त्र सेनानी संघ लमजुुङले दोसल्ला ओढाएर सम्मापत्रद्वारा उनीहरुलाईसम्मान गरेको हो।
ऋषिराम बराल, हरिकान्त खनाल, नविन बानिया र भरतकुुमार श्रेष्ठलाई प्रदेश सभापति शर्मा लगायतले सम्मान गरेका हुन्।
प्रजातन्त्र सेनानी संघ, लमजुडंको दोस्रो जिल्ला अधिवेशनको अवसरमा उनीहरुलाई सम्मान गरेको हो।
प्रजातन्त्र सेनानी संघ लमजुुङका सभापति शुुभनाथ मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति दामोदर अधिकारीले स्वागत गरेका थिए।
सचिव कृष्णप्रसाद लामिछानेले कार्यक्रम संचालन गरेका थिए।
सम्पन्न अधिवेशनले दामोदर अधिकारीको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ।
अधिकारी संघको निवर्तमान उपाध्यक्ष हुन्।
जसको उपाध्यक्षमा नारायण घिमिरे छन्।
त्यस्तै, सचिवमा कृष्णप्रसाद लामिछाने छन्।
यसैगरी, सदस्यहरूमा जमदार लिलबहादुर घले (क्ब्होंलासोंथर), रामचन्द्र शास्त्री (मध्यनेपाल), पदमराज कँडेल (राइनास), रणबहादुर गुरुङ (दूधपोखरी), हरिश्चन्द्र पण्डित (दोर्दी), राधिका पौडेल (मस्र्याङदी), दिलबहादुर परियार (सुन्दरबजार), रामकृष्ण श्रेष्ठ (सुन्दरबजार) र पुरुषोत्तम जोशी (बेसीशहर) छन्।
निर्वाचन समिति सदस्य वंशहरि कोइरालाकाअनुसार १८ सदस्यीय शाखाको समितिमध्ये उपसभापति १, कोषाध्यक्ष १ र बाँकी सदस्य नवनिर्वाचित समितिको पहिलो बैठकले मनोनित गरी पूर्ति गर्नेछ।