नेपालले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार अफगानिस्तानलाई हराएको छ।
नेपालले अफगानिस्तानलाई २–० ले पराजित हराएको हो।
ताजिकिस्तानको सेन्ट्रल रिपब्लिकन रंगशालामा नेपाललाई जित दिलाउन जितेस्पीजंग कार्की र रोहित चन्दले गोल गरे।
दुवै गोल दोस्रो हाफमा भएको हो।
दोस्रो हाफको सुरुआतमै जिलेस्पीको गोलमार्फत नेपालले अग्रता लियो।
७८ औं मिनेटमा रोहितले टोलीका लागि अग्रता दोब्बर बनाए।
यसअघि, रोहितले काठमाडौंमा भएको साफमा पेनाल्टीको अवसर गुमाएपनि यो पटक उनले कुनै गल्ती गरेनन्।
नेपालका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुले ८७ औं मिनेटमा उत्कृष्ट बचाउ गर्दै खेललाई २–० कै स्थितिमा कायम राखे।
नेपाल पहिलो मैत्रीपूर्ण खेलमा घरेलु टोली ताजिकिस्तानसँग ४–० ले पराजित भएको थियो।
नेपालले १३ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको हो।
पछिल्लो पटक सन् २०११ मा भएको एएफसी च्यालेन्ज कप छनोटमा नेपालले अफगानिस्तानविरुद्ध १–० ले हराएको थियो।
त्यस खेलमा भरत खवासले गोल गर्दै नेपाललाई जित दिलाएका थिए।
नेपालले दशौँ खेलमा जित निकालेको हो।
यसअघि, नेपाल लगातार ९ खेलमा जितविहीन बनेको थियो।
२०२३ अक्टोबरमा लाओसलाई १-० गोलले पराजित गरेपछि नेपाल ९ खेलसम्म जितविहीन बनेको थियो।