यु–१९ पुरुषको पहिलो अभ्यास खेलमा नेपाल कर्नाटकसँग पराजित

नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको कर्नाटकले ३२ ओभरमा ९ विकेट गुमाएर भेट्टायो

जनसम्मत
कार्तिक २८, २०८१, बुधबार

यु–१९ पुरुषतर्फको पहिलो अभ्यास खेलमा नेपाल कर्नाटकसँग १ विकेटले पराजित भएको छ।

नेपाली युवा टोलीले दिएको ११४ रनको लक्ष्य पछ्याएको कर्नाटकको टोलीले ३२ ओभरमा ९ विकेट गुमाउँदै भेट्टायो।

कर्नाटकका रोहितले सर्वाधिक ३३ रन बनाए।

त्यसैगरी, नेपाली टोलीका कप्तान हेमन्त धामी र सन्तोष यादवले समान ३/३ विकेट लिए।

यसअघि, मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाली युवा टोली २७ ओभर २ बलमा ११३ रनमा अलआउट भयो।

नेपालका आकाश त्रिपाठीले सर्वाधिक २७ रन बनाए।

कर्नाटकका पुथिगेले ५ विकेट लिए।

नेपाली युवा टोलीले एशिया कपअघिको अन्तिम तयारीस्वरूप कर्नाटकको टोलीसँग ५० ओभरको ५ अभ्यास खेल खेल्न सुरु गरेको हो।

श्रृंंखलाको दोस्रो खेल पर्सि शुक्रवार हुनेछ।

यस्तै, तेस्रो खेल मंसीर २ गते (आइतबार हुनेछ।

यसैगरी, चौथो खेल मंसीर ४ गते (मंगलबार) हुनेछ।

पाँचौं तथा अन्तिम खेल मंसीर ६ गते (बिहीबार) हुनेछ।

यो अभ्यास खेलपछि नेपाली युवा टोली एशिया कपका लागि युएई जानेछ।