यु–१९ पुरुषतर्फको नेपाली क्रिकेट टोली भारतको कर्नाटकको यु–१९ को टोलीसँगको चौथो अभ्यास खेलमा भएको छ।
कर्नाटकको १९ वर्षमुनिको टोलीसँगको खेलमा १९ वर्षमुनिको नेपाली क्रिकेट टोली ५ विकेटले पराजित भएको हो।
नेपालले दिएको १०६ रनको लक्ष्य पछ्याएको कर्नाटकको टोलीले ३७ ओभरमा ५ विकेट गुमाएर भेट्टायो।
कर्नाटकका अक्षत प्रभाकरले २४ रन बनाए।
नेपालका सन्तोष यादवले ३ विकेट लिए।
यसअघि, मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाली युवा टोली ३५ ओभर १ बलमा अलआउट भयो।
नेपालका मयन यादवले ३४ र रोशन विकले नटआउट ३४ रन बनाए।
तर, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
कर्नाटकका अक्षत प्रभाकरले ५ विकेट लिए।
कर्नाटकको जितसँगै ५ खेलको श्रुंखलामा २–२ को बराबरी भएको छ।
पहिलो खेलमा कर्नाटक १ विकेटले विजयी भएको थियो।
दोस्रो खेलमा भने नेपालले ७ विकेटले जितेको थियो।
यस्तै, तेस्रो खेलमा नेपाल १२१ रनले विजयी भएको थियो।
श्रृंखलाको अन्तिम खेल पर्सि (बिहीवार) हुनेछ।