अस्ट्रेलियाको बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको प्रस्ताव

अस्ट्रेलियन संसदको तल्लो सदनमा विधेयक पेश

जनसम्मत
मंसिर ६, २०८१, बिहीवार

अस्ट्रेलियाको संसद्को तल्लो सदनमा एउटा विधेयक पेश भएको छ।

यसअन्तर्गत १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ।

यो विधेयक बिहीबार पेस गरेको हो।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भने, ‘यो प्रतिबन्ध एक्स, टिकटक, फेसबुक र इन्स्टाग्राममा हुनेछ। यो सामाजिक सञ्जालको हानिबाट बालबालिकालाई बचाउनको लागि हो ।’

अस्ट्रेलियाको नयाँ कानूनले यस्तो प्रतिबन्धको लागि एक रूपरेखा प्रदान गर्नेछ।

यो १७ पृष्ठको विधेयक अर्को हप्ता अस्ट्रेलियाको सिनेटमा पेश हुने बताइएको छ।

अस्ट्रेलियामा धेरै अभिभावकहरूले यो पहललाई स्वागत गरेका छन् ।

तर, धेरै विज्ञहरूले यस विषयमा पनि प्रश्न उठाइरहेका छन्।

केटाकेटीलाई सामाजिक सञ्जालबाट टाढा राख्ने र त्यसबाट रोक्न संभव छ कि छैन भन्नेमा अहिले बहस चलिरहेको छ।

न्यूज एजेन्सीहरुमा समाचार छ।