नेत्रहीन टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ।
नेपाल श्रीलंकासँग ७० रनको फरक अन्तरमा पराजित भएको हो।
श्रीलंकाले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा १ सय २५ रन मात्र बनाउन सक्यो।
यसअघि, पाकिस्तानमा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले ४ विकेट गुमाएर १९५ रन बनायो।
श्रीलंकाका दमिथ सन्दारुवानले नटआउट १०० रन बनाए।
नेपालका सुनिल रानामगर र सुनिल सुवेदी क्षत्रीले समान १÷१ विकेट लिए।
नेपालले दोस्रो खेलमा भोलि (आइतबार) बंगलादेशसँग खेल्नेछ।
त्यसैगरी, तेस्रो खेलमा पर्सि (सोमबार) अफगानिस्तानसँग खेल्नेछ।
यसैगरी, चौथो खेलमा आउँदो (मंगलवार) दक्षिण अफ्रिकासँग खेल्नेछ।
त्यस्तै, पाँचौं खेलमा (बुधवार) आयोजक पाकिस्तानसँग खेल्नेछ।
नेपाल र भारतबीच नोभेम्बर २९ तारिखमा खेल हुने तालिका थियो।
तर, भारत सहभागी नभएपछि नेपालले वाकओभर पाएको छ।
भारतले आफ्नो टिमलाई पाकिस्तान जान स्वीकृति नदिएपछि भारत सहभागी नहुने भएको जनाइएको छ।
लिग चरणमा शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन्।
यो विश्वकप खेल्न हवाई टिकटका लागि रकम अभाव भएपछि नेपाली टोली गाडी र रेल हुँदै पाकिस्तान पुगेको छ।
चौथो संस्करणको नेत्रहीन क्रिकेट टी–२० विश्वकप आउँदो डिसेम्बर ३ तारिखसम्म लाहोर र मुल्तामा चल्नेछ।