नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपाल तेस्रो पटक पराजित बनेको छ।
नेपाल आफ्नो पाँचौं खेलमा घरेलु टोली पाकिस्तानसँग १० विकेटले पराजित भएको हो।
नेपालले दिएको १०१ रनको लक्ष्य पाकिस्तानले १ विकेटपनि नगुमाई ४० बलमै भेट्टायो।
पाकिस्तानका नैमतले सर्वाधिक ६९ रन बनाए।
त्यसैगरी, सफदारले २४ रन बनाए।
यसअघि, टस जितेर ब्याटिङ गरेको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर १ सय रन बनायो।
नेपालका भरत थापाले सर्बाधिक ३९ रन बनाए।
पाकिस्तानका हरोनले २ विकेट लिए।
नेपालले ५ खेलबाट ४ अंक जोडेको छ।
यसअघि, नेपाल पहिलो खेलमा श्रीलंकासँग ७० रनले हारेको थियो।
त्यसैगरी, दोस्रो खेलमा बंलादेशसँग ६७ रनले पराजित भएको थियो।
नेपालले तेस्रो खेलमा भने अफगानिस्तानलाई १०८ को फरक रनअन्तरमा हराएको थियो।
यसैगरी, चौथो खेलमा हिँजो (मंगलबार) नेपालले दक्षिण अफ्रिकालाई ११ रनले हराएको थियो।
नेपाल र भारतबीच पर्सि (नोभेम्बर २९ तारिख) मा खेल हुने तालिका थियो।
तर, भारत सहभागी नभएपछि नेपालले वाकओभर पाएको छ।
भारतले आफ्नो टिमलाई पाकिस्तान जान स्वीकृति नदिएपछि भारत सहभागी नहुने भएको जनाइएको छ।
लिग चरणमा शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन्।
यो विश्वकप खेल्न हवाई टिकटका लागि रकम अभाव भएपछि नेपाली टोली गाडी र रेल चढेर पाकिस्तान पुगेको थियो।
चौथो संस्करणको नेत्रहीन क्रिकेट टी–२० विश्वकप आउँदो डिसेम्बर ३ तारिखसम्म पाकिस्तानको लाहोर र मुल्तामा चल्नेछ।