१८ औं संस्करणको प्याब्सन कास्की स्पोर्ट्स मिट मंसीर १९ बाट

कास्कीको प्याब्सन स्पोर्ट्स मिटमा यस पटक ४५ सय विद्यार्थीहरुले प्रतिस्पर्धा गर्दैछन्

जनसम्मत
मंसिर १४, २०८१, शुक्रबार

विगतमा जस्तै यस वर्षपनि एन प्याब्सन कास्कीले खेलकुद महोत्सवको आयोजना गर्दैछ।

यही मंसीरको १९ गतेदेखि निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन (प्याब्सन) कास्कीले १८ औं संस्करणको स्पोर्ट्स मिट गर्न लागेको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ।

यससँग, पोखरा रंगशालामा हुने १८ औं संस्करणको प्याब्सन कास्कीे स्पोर्टस् मिट–२०८१ लाई सफल बनाउन आयोजक संस्था प्याब्सन कास्की तीब्र तयारीमा जुटेको छ।

स्पोर्टस् मिटमा कक्षा १ देखि १० सम्मका छात्र÷छात्रा सिनियरतर्फका विद्यार्थी खेलाडीहरुले फुटबलमा प्रतिस्पर्धा गर्नेछन्।

त्यसैगरी, छात्र जुनियरतर्फका विद्यार्थी खेलाडीहरुले फुटबल खेलमा प्रतिस्पर्धा गर्नेछन्।

छात्र/छात्रातर्फका विद्यार्थी खेलाडीहरुले भलिबल, ह्याण्डबल, टेबलटेनिस र एथलेटिक्सका खेलहरुमा प्रतिस्पर्धा गर्नेछन्।

यस्तै कक्षा ११ र १२ का छात्र/छात्रा विद्यार्थी खेलाडीहरुले भलिबल, बास्केटबल र एथलेटिक्सका खेलहरुमा प्रतिस्र्धा गर्ने प्रतियोगिता संयोजक एवं ब्याब्सन कास्कीका वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिइन् ।

प्याब्सन कास्कीमा आबद्ध निजी र आवासीय गरी ९९ विद्यालयमध्ये ८८ विद्यालयका करिब ४ हजार ५ सय विद्यार्थी खेलाडीहरुले स्पोर्टस् मिटमा प्रतिस्पर्धा गर्ने संयोजक लामिछानेले जानकारी दिइन्।

त्यसअगावै पोखरा रंगशालालगायत पोखराको अन्य ५ खेलकुद मैदानमा फुटबललगायतका खेल सुरु हुनेछन्।

प्रहरी गुल्म, प्रहरी गण, पोखरा–१४ स्थित रामेश्वरी स्कुल, शान्तिदीप स्कुल र मसिनास्थित नवप्रतिभा क्लबको खेल मैदानमा प्रतियोगिताहरु हुनेछन्।

च्याम्पियनले रनिङ सिल्ड जित्नेछ।

विभिन्न इभेन्टका विजयी विद्यार्थी खेलाडीहरुलाई मेडल र प्रमाणपत्र पुरस्कार गरिनेछ।

प्याब्सनको खेलकुदमा लामो समयदेखि योगदान गरेकोमा कर्ण गुरुङलाई विशेष सम्मान गर्ने कार्यक्रम रहेको प्याब्सन कास्कीले जनाएको छ।

५ दिनसम्म चल्ने प्रतियोगितामा दैनिक करिब ११ हजार विद्यार्थी, अभिभावक एवं दर्शकले खेलको अवलोकन गर्ने प्याब्सन कास्कीले बताएको छ।

संघीय खेलकुद मन्त्री तेजुलाल चौधरीले मंसिर १९ गते पोखरा रंगशालामा औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ।

स्पोर्ट्स मिट मंसीरको २३ गतेसम्म ५ दिन चल्नेछ।

प्याब्सनमा हाल निजी तथा आवासीय गरी ९९ विद्यालय आबद्ध छन्।

संस्थामा आबद्ध विद्यालयहरुमा ७५ हजारभन्दा विद्यार्थीहरु अध्ययनरत् छन्।

साथै, ८ हजारभन्दा बढी शिक्षक कर्मचारी कार्यरत् छन्।

पत्रकार सम्मेलनमा प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेलले विद्यार्थीको खेल प्रतिभाको प्रस्फुटन तथा विकासका निम्ति यो प्रतियोगिता आयोजना गरिएको बताए।

बालबालिकालाई ग्रासरुटबाटै खेलकौशल विकासमा यसप्रकारका प्रतियोगिताले निकै ठूलो सहयोग पुग्ने प्याब्सन कास्कीका प्रमुख सल्लाहकार एवं प्याब्सनका केन्द्रीय सदस्य प्रेमप्रसाद शर्माले बताए।

उनले प्रतियोगिताको सभ्य र भव्यरुपमा सफलताको कामना गरे।

प्याब्सन कास्की अध्यक्ष मधुराप्रसाद पौडेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष विष्णु तिमिल्सिनाले स्वागत रसचिव पुष्पराज पराजुलीले कार्यक्रम संचालन गरेका थिए।