युरोपेली देश रोमानियाको राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा क्यालिन जर्जेस्कुले हात पारेका छन्।
त्यहाँको संचारमाध्यमहरुले क्यालिनको जीतलाई लिएर टिकटकको प्रभाव भनेका छन्।
क्यालिनको जितलाई युरोपका संचार माध्यमले ‘टिकटक’को जीत बताएका छन्।
संचारमाध्यमहरुका अनुसार राष्ट्रपतीय निर्वाचनको विषयलाई लिएर टिकटकको भूमिकालाई राष्ट्रपति निर्वाचन बिथोलेको आरोप छ।
टिकटकले आफ्नो अल्गोरिदममार्फत रोमानियाको निर्वाचन कानून उल्घंनन गरेको आरोप लागिरहेको छ।
रोमानियाको संवैधानिक अदालतले रोमानियाको केन्द्रीय निर्वाचन ब्युरोलाई पुनः मतगणना गर्न आदेशसमेत दिएको छ।
यतिमात्र होइन, राष्ट्रपतिको दोस्रो चरणको चुनाव पनि अनिश्चितकालका लागि पछि सरेको छ।
रोमानियाको राष्ट्रपतिका लागि क्यालिन स्वतन्त्र उमेदवार थिए।
तर, टिकटकले आरोप इन्कार गरिरहेको छ।
क्यालियनले टिकटसँग मिलेमतो गरेर आफ्नो मत बढाउन प्रयोग गरेको आरोप छ।
नाटो, युरोपियन युनियनका चर्को विरोध गर्ने क्यालियन अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार उग्रराष्ट्रवादी मानिन्छन्।
क्यालिनले पहिलो चरणमा आफ्ना निटकतम प्रतिस्पर्धीभन्दा २३ प्रतिशत बढी मत ल्याएका छन्।
६२ वर्षका क्यालिनको टिकटकमा ३ लाख ३० हजार जना फलोअर छन्।
मतदानको अघिल्लो दिनमात्र क्यालिनको टिकटकमा ५२ मिलियन भ्युज आएको थियो।
टिकटकमार्फत चुनाव जितेको आरोप लागेपछि रोमानियाको संचार नियामकले टिकटकमाथि प्रतिबन्ध लगाउने बताइरहेको छ।
यसबाहेक, रोमानियाको राष्ट्रिय अडियो भिजुअल काउन्सिलले युरोपियन युनियनलाई टिकटकले आफ्नो देशको चुनावमा पारेको प्रभावबारे अनुसन्धान गर्न अनुरोध गरेको छ।
युरोपेली संसदले रोमानियाको चुनावमा टिकटकको भूमिकाबारे जवाफ दिन टिकटकका सीइओलाई संसद्मा बोलाएको छ।
टिकटकमाथि क्यालिनका भिडियोलाई आफ्नो अल्गोरिदममार्फत धेरैभन्दा धेरै प्रयोगकर्तासम्म पुगेको, क्यालियनले गरेका गलत दाबी, भ्रम फैलाउने भिडियो नरोकेको आरोप छ।
पहिलो चरणको राष्ट्रपति चुनाव नजित्दासम्म क्यालिनबारे सार्वजनिक जानकारी निकै कम थियो।
रोमानियाको वातावरण मन्त्रालयमा काम गरेका क्यालियन संयुक्त राष्ट्र संघमा रोमानियाका तर्फबाट वातावरणीय प्रतिनिधिसमेत भइसकेका छन्।
सन् २०१७ मा टिकटक सार्वजनिक भएको थियो।
सन् २०१९ देखि टिकटक रोमानियामा लोकप्रिय बनेको थियो।
सन् २०२४ को तथ्यांकअनुसार, रोमानियामा टिकटकका ८.७९ मिलियन प्रयोगकर्ता छन्।
रोमानियामा टिकटक युवा पुस्तामाझ लोकप्रिय छ।
युवा पुस्ताका लागि टिकटक, समाचार, सूचना र मनोरञ्जनको मुख्य प्लेटफर्म हो।
क्यालियनका ३१ प्रतिशत मतदाता १८ देखि २४ वर्ष उमेरका छन्।
टिकटक भिडियोमार्फत क्यालिनले मतदाताको निराशा, मुद्रास्फीति, भ्रष्ट्राचारजस्ता विषय उठाएका थिए।
यसका अलावा क्यालिनले रोमानिया नाटोबाट बाहिरिनुपर्ने, युक्रेनलाई सहयोग दिन बन्द गर्नुपर्ने धारणा राख्दै आएका छन्।
क्यालियन, नाटोले गर्दा रोमानियाको सार्वभौमसत्ता खतरामा परेको बताउँछन्।
टिकटकको आडमा भएको भनिएको क्यालिनको जीतलाई युरो न्युजले खतराको घण्टीका रूपमा अथ्र्याएको छ।
युरो न्युजका अनुसार, रोमानियाका संचार माध्यमहरूले पहिलो चरणको नतिजा आउने बेलासम्म क्यालियन मतदातामाझ लोकप्रिय भएको थाहा नै पाएनन्।
निर्वाचनका समयमा पनि मूलधारका संचार माध्यमले क्यालिनबारे निकै कम समाचार लेखेको थियो।