एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जीत

कर्णाली याक्सलाई चितवनले ८ विकेटले हरायो

जनसम्मत
मंसिर १७, २०८१, सोमबार

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जीत निकालेको छ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा सोमबार भएको खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले हरायो।

कर्णालीले दिएको १४२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर १ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो।

जनकपुरका कप्तान अनिल शाहले नटआउट सर्वाधिक ६२ रन बनाए।

यस्तै, आसिफ शेखले ३६ रन जोडे।

कर्णालीका मौसम ढकाल र जीशान मक्सूदले समान १÷१ विकेट लिए।

यसअघि, टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनायो।

कर्णालीका गुल्सन झाले सर्वाधिक ३६ रन बनाए।

अर्जुन घर्तीले ३३ रन थपे।

त्यसैगरी, कप्तान सोमपाल कामीले नटआउट २९ रन बनाए।

यस्तै, भारतीय खेलाडी शिखर धवन १४ रनमा आउट बने।

जनकपुरका मोहम्मद मोहसिनले २ विकेट लिए।

यसअघि, जनकपुरले उद्घाटन खेलमा विराटनगर किङ्सलाई हराएको थियो।

भोली मंगलबार २ खेल हुनेछन्।

भोलीको पहिलो खेल ९ः१५ बजेदेखि सूदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्सले प्रतिस्पर्धा गर्नेछ।

त्यसैगरी, दोस्रो खेल १ः१५ बजेदेखि चितवन राइनोजविरुद्ध गण्डकी एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछ।