एनपीएलमा सुदूरपश्चिमको विजयी सुरुवात

विराटनगरको लगातार दोस्रो हार, सुदूरपश्चिमसँग ९० रनले पराजित

जनसम्मत
मंसिर १८, २०८१, मंगलवार

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ।

एनपीएल क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई ९० रनले हराएको छ।

सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर १ बलमा ९२ रनमा अलआउट बन्यो।

विराटनगरका बसिर अहमदले सर्बाधिक २४ रन बनाए।

सुदूरपश्चिमका अभिनाश बोहरा र स्कट कुगेलेनले समान ३/३ विकेट लिए।

यसअघि, कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८२ रन बनायो।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट ५७ रन बनाए।

विराटनगर किङ्सका अनिल खरेलले ३ विकेट लिए।

प्रतियोगितामा विराटनगरको यो लगातार दोस्रो हार हो।

विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्सँग ८ विकेटले पराजित भएको थियो।

सुदूरपश्चिमले भने पहिलो खेलमा जीतसँगै जारी एनपीएलमा विजयी शुरुआत गरेको हो।

तस्बीरः सुदूरपश्चिम रोयल्स फेसबुक पेजबाट