एनपीएल क्रिकेटमा पोखरा एभेन्जर्सको खराब प्रदर्शन

चितवन राइनोजले पोखरालाई ८७ रनले हरायो, चितवनको लगातार दोस्रो जीत

जनसम्मत
मंसिर १८, २०८१, मंगलवार

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले खराब प्रदर्शनबाट सुरुवात गरेको छ।

चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको हो।

चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ ओभर २ बलमा ७४ रनमा अलआउट बन्यो।

पोखराका नारायण जोशीले सर्बाधिक ३० रन बनाए।

चितवनका सोहेल तानभिर, रिजन ढकाल र लुक बेनकेन्स्टेनले समान ३/३ विकेट लिए।

यसअघि, कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनायो।

चितवनका रवि बोपाराले सर्बाधिक ५१ रन बनाए।

पोखराका विपिन खत्री, बास डे लीड र रेमोन रेफरले समान २÷२ विकेट लिए।

प्रतियोगितामा चितवनको यो लगातार दोस्रो जीत हो।

चितवनले पहिलो खेलमा हिजो काठमाण्डौ गुर्खाजलाई ५ विकेटले हराएको थियो।

पोखराले भने हारसहित जारी एनपीएलमा खराब प्रदर्शनबाट सुरुआत गरेको छ।

तस्बीरः पोखरा एभेन्जर्स फेसबुक पेजबाट