फेसबुक र टिकटमाथि सरकारले कडा निगरानी गरेको छ।
संचार तथा सूचना प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै घृणा, भ्रम र अफवाह फैलाउने सामग्री पोष्ट गरे साइबर मुद्दा लाग्ने जनाएको छ।
पछिल्लो समय सामाजिक सञ्जालमा ‘जस्तोस्कै सामग्रीहरु पनि’ लेखेर पोस्ट गर्ने विकृति बढेपछि सरकारले कडा निगरानी थालेको हो।
फेसबुक टिकटक, घृणाजन्य र भ्रम फैलाउने पोस्ट पढ्न थालेपछि नियमन थालिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।
सामाजिक सञ्जालको गलत प्रयोग गरी द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति दिनेलाई कानुनी कारबाही हुने गृह मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयले विज्ञप्ति जारी गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुग्नुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल गर्नेलाई कानुनी दायरामा ल्याइने जनाएको हो।
पछिल्लो समयमा केही व्यक्तिले सामाजिक सञ्जाललगायत माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्तिप्रति मन्त्रालयको गंभीर ध्यानाकर्षण भएको जनाइएको छ।