एनपीएल क्रिकेटमा विराटनगर किङ्सको जीत

विराटनगरले लुम्बिनी लायन्सलाई २ विकेटले हरायो

जनसम्मत
मंसिर १९, २०८१, बुधबार

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्सले पहिलो जीत निकालेको छ।

विराटनगरले लुम्बिनी लायन्सलाई २ विकेटले हराएको हो।

लुम्बिनीले दिएको १९२ रनको लक्ष्य पछ्याएको विराटनगरले अन्तिम बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो।

विराटनगरका लोकेश बमले सर्वाधिक ७१ रन बनाए।

यस्तै, बसिर अहमदले ४० जोडे।

मार्टिन गप्टिलले २८ थपे।

क्रिस सोलले ४ बलमा नटआउट १४ रन बनाए।

विराटनगरले २० अतिरिक्त रन पायो।

लुम्बिनीका दुर्गेश गुप्ताले ३ विकेट लिए।

यसअघि, कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनायो।

लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए।

त्यसपछि, टस मुर्सले ३० रन बनाए।

लुम्बिनीले २९ अतिरिक्त रन पायो।

विराटनगरका कप्तान सन्दीप लामिछाने, इस्माल आलम र राजेश पुलामीले समान १/१ विकेट लिए।

लुम्बिनीका ४ जना खेलाडी रनआउट भए।

प्रतियोगितामा विराटनगरको यो पहिलो जीत हो।

यसअघि, विराटनगर २ खेलमा पराजित भएको थियो।

जारी एनपीएलमा लुम्बिनीको यो पहिलो खेल हो।