फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाण्डौ गुर्खाजलाई हराएको छ।
सुदूरपश्चिमले काठमाण्डौलाई ७३ रनले हराएको हो।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा विहीबार भएको दोस्रो खेलमा सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाण्डौ १५ ओभर ५ बलमा ९४ रनमा अलआउट बन्यो।
काठमाण्डौका लागि स्टेफिन स्किनाजीले सर्वाधिक ३७ रन बनाए।
भीम सार्की र गेरहार्ड इरास्मसले समान १०÷१० रन जोडे।
त्यसैगरी, सुमित महर्जनले १४ रन थपे।
सुदूरपश्चिमका नरेन साउदले ५ विकेट लिए।
यस्तै, अविनाश बोहराले २ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनायो।
उसका लागि ब्रान्डन म्याकमुलनले सर्वाधिक ५३ रन बनाए।
यसैगरी, कप्तान दीपेन्द्रसिँह ऐरीले ४३ रन जोडे।
त्यस्तै, विनोद भण्डारीले ३५ रन थपे।
काठमाण्डौका रशिद खानले २ विकेट लिए।
त्यसैगरी, हेरहार्ड इरास्मस, शहाब आलम र करण केसीले १/१ विकेट लिए।
सुदूरपश्चिमले खेलको अहिलेसम्मको २ खेलमा दुवै खेल जित्दै ४ अंक जोडेको छ।
काठमाण्डौले ३ खेलमा १ जीतसहित २ अंक जोडेको छ।