फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले पहिलो जित निकालेको छ।
जारी लिगमा आफ्नो तेस्रो खेलमा कर्णालीले चितवन राइनोजलाई हराएको हो।
कीर्तिपुरस्थित टियु मैदानमा शुक्रबार भएको पहिलो खेलमा कर्णालीले चितवनमाथि ६ विकेटको जीत निकाल्यो।
चितवनले दिएको १३१ रनको लक्ष्य पछ्याएको कर्णालीले १९.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।
कर्णालीका लागि शिखर धवनले सर्वाधिक ४५ रन बनाए।
त्यसैगरी, चाडविक वाल्टनले ३० रन जोडे।
देव खनालले २५ रन थपे।
त्यस्तै, जिसन मक्सुदले अविजित १२ तथा अर्जुन घर्तीले अविजित ११ रन बनाए।
बलिङतर्फ चितवनका कुशल मल्ल, जान निकोल लोफ्टी इटन र रवि बोपाराले समान १÷१ विकेट लिए।
त्यसअघि, टस हारेर पहिले ब्याटिङमा उत्रिएको चितवनले २० ओभरमा ७ विकेटको क्षतिमा १३० रन जोड्यो।
चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेले।
४० बलमा ५९ रनसहित अविजित रहेका बोपाराले ७ चौका र १ छक्का प्रहार गरे।
यसैगरी, कुशल मल्लले २३ रन जोडे।
बोपारा र कप्तान मल्लबीच तेस्रो विकेटका लागि ६० रनको साझेदारी भएको थियो।
तर, कर्णालीका मक्सुदले मल्लाई आउट पार्दै उक्त साझेदारी तोडिदिए।
बलिङतर्फ कर्णालीका विपिन शर्माले ३ विकेट लिए।
त्यसैगरी, जिसन मक्सुदले २ विके लिए।
सोमपाल कामी र नन्दन यादवले समान १/१ विकेट लिए।