मंसीरको आउँदो २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिकामा हेरफेर भएको छ।
भर्खरै महासंघले सार्वजनिक गरेको नयाँ कार्यतालिकाअनुसार शुक्रबार साँझ ८ बजे उम्मेदवारको मनोनयन दर्ताको नामावली प्रकाशन हुनेछ।
यसअघिको कार्यतालिका अनुसार अहिले साँझ ५ बजे मनोनयन दर्ताको नामावली सार्वजनिक गर्ने कार्यसूची थियो।
यस्तै, उम्मेदवारमाथिको दाबी विरोधको समय पनि बढाइएको छ।
यसअघि, शुक्रबार साँझ ७ बजेसम्म मात्रै दाबी विरोधको समय तोकिएकोमा संशोधित कार्यतालिकाअनुसार शनिबार बिहान ११ बजेसम्मका लागि दाबी बिरोधको समय तोकिएको छ।
यस्तै, उम्मेदवारको मनोयन फिर्ता लिने समय १ घण्टा बढाइएको छ।
यसअघि, शनिबार बिहान १० बजेसम्म फिर्ता लिने समय रहेकोमा शनिबार बिहान ११ बजेसम्म थपिएको छ।
यस्तै, उम्मेदवारको अन्तिम नामावली प्रकाशन पनि आधा घण्टा ढिलो हुने भएको छ।
यसअघि, शनिबार बिहान ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेकोमा आधा घण्टा बढाएर साढे ११ बजे सारिएको छ।