यही मंसीरको आउँदो २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनले पत्रकारबीच सरगर्मी बढाएको छ।
पत्रकारहरुको निर्वाचनका लागि केन्द्रमा सत्ता साझेदार नेपाली काँग्रेससम्बद्ध प्रेस युनियन र नेकपा एमालेसम्बद्ध प्रेस चौतारीको साझा प्यानल बनेको छ।
त्यसैगरी, प्रेस युनियन र प्रेस चौतारी इतरको प्रेस सेन्टर नेतृत्वमा पत्रकारहरुको ६ घटकहरुको अर्को प्यानल बनेको छ।
यो प्यानलमा प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्च नेपालको संयुक्त प्यानल बनाएर पत्रकार महासंघको निर्वाचनमा होमिएका छन्।
५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि १३३ जनाको उम्मेदवारी परेको छ।
महासंघको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न समयसीमा तोकिएकामा उक्त समयसीमाभित्र ४७ पदका लागि १३३ जनाको उम्मेदवारी दर्ता भएको छ।
पत्रकार महासंघको अध्यक्ष पदका लागि ५जनाले उम्मेद्वारी दिएका छन्।
सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेद्वारी परेको छ।
यस पटक नेपाली काँग्रेस निकट नेपाल प्रेस युनियन र नेकपा एमाले निकट प्रेस चौतारी नेपालको साझा प्यानलबाट महासंघको अध्यक्षमा निर्मला शर्मा साझा उम्मेदवार बनेकी छिन्।
सोही प्यानलबाटै प्रेस युनियनको सदस्य समेत रहेका यस अगाडिका पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश बिष्टले समेत अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
विष्टले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
सोही प्यानलबाटै सर्वसम्मत रुपमा निर्मला शर्माले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दिएकी छिन्।
निर्मला शर्मा प्रेस चौतारीकी हुन्।
त्यसैगरी, कमल गिरी प्रेस सेन्टर नेपाल नेतृत्वको प्यानलबाट अध्यक्षको उम्मेदवारी दिएका हुन्।
त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईं, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीसहित ४ जनाको उम्मेदवारी परेको छ।
चौलागाई, चौतारी नेतृत्वको प्यानलका उम्मेदवार हुन्।
पुरी, प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन्।
उपाध्यक्ष (महिला) मा गंगा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ।
बराल, प्रेस सेन्टर नेतृत्व प्यानलका उम्मेदवार हुन्।
पण्डित, चौतारी नेतृत्व प्यानलको उम्मेदवार हुन्।
उपाध्यक्ष (समावेशी) पदका लागि उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभासप्रसाद शाहको उम्मेदवारी परेको छ।
त्यसैगरी, महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ।
जसमा दाहाल चौतारी नेतृत्वको प्यानलबाट उम्मेदवार हुन्।
न्यौपाने, प्रेस सेन्टर नेपाल नेतृत्व प्यानलका उम्मेदवार हुन्।
त्यसैगरी, सचिव (खुला)मा उत्तरसिंह विष्ट, कुमार ओझा, रमेश खतिवडा, बालकृष्ण अधिकारी, छविलाल दाहाल, माधव दुलाल र केदारनाथ भट्टराईको उउम्मेदवारी परेको छ।
यस्तै, सचिव (महिला) मा सोनी शर्मा, सरिता बराइली र कल्पना शर्माको उम्मेदवारी परेको छ।
यसैगरी, सचिव (आदिवासी/जनजाति) पदका लागि ३ जनाको उम्मेदवारी परेको छ।
जसमा, टिकाराम प्रधान, भिसन राई र सबिन प्रियासनको उम्मेदवारी परेको छ।
सचिव (मधेशी) मा अशोककुमार तिवारी, प्रविणकुमार चौधरी र श्रीजन झा गरी ३ जनाको उम्मेदवारी परेको छ।
यस्तै, सचिव (दलित) मा प्रकाश धौलाकोटी, भीमबहादुर विश्वकर्मा, बसन्त बि.क. र सन्तोषकुमार बराइली गरी ४ जनाको उम्मेदवारी परेको छ।
सचिव (एशोसिएट) पदका लागि योगेश खपाङ्गी, विकास कार्की र बैकुण्ठप्रसाद पराजुली गरी ३ जनाले उम्मेदवारी दिएका छन्।
त्यसैगरी, कोषाध्यक्ष पदका लागि रामकृष्ण अधिकारी, रामकृष्ण ज्ञवाली र शान्ताराम बिडारी गरी ३ जनाको उम्मेदवारी परेको छ।
शुक्रबार साँझ ८ बजे उम्मेदवारको मनोनयन दर्ताको नामावली प्रकाशन गरेको हो।
आज (शनिबार) बिहान ११ बजेसम्मका लागि दाबी बिरोधको समय तोकिएको छ।
यसैगरी, आज (शनिबार) नै बिहान ११ बजेसम्म मनोनयन फिर्ता लिने समयसीमा तोकिएको छ।
आज (शनिबार) ने साढे ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।