एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार तेश्रो जीत

सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले हरायो, लुम्बिनी

जनसम्मत
मंसिर २२, २०८१, शनिबार

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जीत निकालेको छ।

सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले हराएको हो।

सुदूरपश्चिमको यो लगातार तेश्रो जीत हो।

त्यसैगरी, लुम्बिनीको यो लगातार तेश्रो हार हो।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो।

लुम्बिनीका लागि सबैभन्दा धेरै विवेक यादवले अविजित ७७ रन बनाए पनि टिमलाई जिताउन सकेनन्।

यस्तै, सन्दीप जोराले सर्वाधिक २० रन बनाए।

सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेन र सैफ अली जैबले समान ३÷३ विकेट लिए।

स्कट कुगेलेइनले २ विकेट लिए।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनायो।

सुदूरपश्चिमका सेफ जेबले सर्वाधिक ९० रन बनाए।

कप्तान दीपेन्द्रसिंह ऐरीले १९ बलमा नटआउट ३९ रन जोडे।

लुम्बिनीका रमोन सिमोन्ड्सले २ विकेट लिए।

लगातार तेश्रो खेल जितेको सुदूरपश्चिमले ३ खेलबाट छ अंकसहित तालिकाको शीर्ष स्थानमा कायम छ।

खाता खोल्न नसकेको लुम्बिनी पुछारमा छ।