एनपीएल क्रिकेटमा जनकपुर बोल्ट्सको लगातार चौथो जीत

लुम्बिनी लायन्स जनकपुरसँग १ रनले पराजित, लुम्बिनीको लगातार चौथो हार

जनसम्मत
मंसिर २३, २०८१, आइतबार

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार चौथो जीत निकालेको छ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आइतबार भएको पहिलो खेलमा जनकपुरले लुम्बिनी लायन्सलाई १ रनले हराएको हो।

जनकपुरको यो लगातार चौथो जीत हो।

उता, लुम्बिनीको यो लगातार चौथो हार हो।

जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ८ विकेट गुमाएर १३५ रन मात्र बनायो।

लुम्बिनीका कप्तान रोहित पौडेले सर्वाधिक ३५ रन बनाए।

जनकपुरका हर्ष ठाकरले ५ विकेट लिए।

यस्तै, किशोर महतो, ललित राजवंशी र शेर मल्लले समान १/१ विकेट लिए।

त्यसअघि, टस हारेर ब्याटिङ गरेको जनकपुरले ९ विकेट गुमाएर १३६ रन बनायो।

जनकपुरका कप्तान अनिल शाहले सर्वाधिक ४५ रन बनाए।

यस्तै, लाहिरु मिलान्थाले २४ रन रन जोडे।

शुभ कंसाकारले अविजित २२ रन थपे।

लुम्बिनीका अभिषेश गौतमले ३ विकेट लिए।

यस्तै, कप्तान रोहित पौडेल र साद बिन जफरले समान २/२ विकेट लिए।

सन्दीप जोराले समान १ विकेट लिए।

जनकपुरले ४ खेलबाट सबैमा जीत निकाल्दै ८ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

समान खेलमा लागातार सबै खेलमा पराजित बन्दै लुम्बिनी अंकविहीन हुँदै तालिकाको पुछारमा छ।