यस्तो छ, पत्रकार महासंघमा प्रेस सेन्टरलगायतको प्यानल

महिला (दलिततर्फ) रिता बुढाथोकी र्निविरोध निर्वाचित, दलित (महिलातर्फ) पनि निर्विरोध निर्वाचित

जनसम्मत
मंसिर २२, २०८१, शनिबार

यही मंसीरको २८ गते हुने पत्रकार महासंघको निर्वाचनमा रमेश विष्ट अध्यक्षको प्रत्यासी रहनेगरी प्रेस सेन्टर नेपालसहितको प्यानल बनेको छ।

यसअघि, रमेश विष्ट पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष थिए।

उनी नेपाली काँग्रेससम्बद्ध पत्रकारहरुको घटक नेपाल प्रेस युनियनका हुन्।

यो पटक सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा एमालेसम्बद्ध पत्रकारहरुको घटक नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानल बन्दै गर्दा रमेश विष्ट भने प्रेस सेन्टर नेपाललगायतको प्यानलमा सामेल छन्।

यो प्यानलको अध्यक्षमा रमेश विष्टको उममेदवारी परेको छ।

त्यसैगरी, यस प्यानलको बरिष्ठ उपाध्यक्षमा रोशन पुरीले उम्मेदवारी दिएका छन्।

यसअघि, पुरी महासंघको महासचिव थिए।

उनी, प्रेस सेन्टर नेपालका हुन्।

उपाध्यक्ष (महिलातर्फ) गंगा पौडेल (बराल) ले यस प्यानलबाट उम्मेदवारी दिएकी छिन्।

त्यसैगरी,  उपाध्यक्ष (समावेशीतर्फ) सुभाषप्रसाद साहको उम्मेदवारी परेको छ।

महासचिवमा लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन्।

सचिव ( खुलातर्फ) उत्तरसिंह विष्टको उम्मेदवारी परेको छ।

सचिव (मधेसीतर्फ) श्रीजन झाले उम्मेदवारी दिएका छन्।

त्यसैगरी,  सचिव (महिलातर्फ) सरिता बराइलीको उम्मेदवारी परेको छ।

सचिव (दलिततर्फ) वसन्त विकले उम्मेदवारी दिएका छन्।

सचिव जनजाती (आदिवासीतर्फ) भिषण राई उम्मेदवार छन्।

सचिव (एशोसिएटतर्फ) विकास कार्कीको उम्मेदवारी परेको छ।

कोषाध्यक्षमा रामकृष्ण अधिकारीले उम्मेदवारी दिएका छन्।

यस प्यानलबाट कोशी प्रदेशबाट केन्द्रीय सदस्यमा तीर्थ सिग्देल र दिपेन्द्रकुमार राई उम्मेदवार छन्।

त्यसैगरी, मधेस प्रदेश केन्द्रीय सदस्यका लागि राजु विश्वकर्मा र संजयकुमार राउतको उम्मेदवारी परेको छ।

यस प्यानलबाट बागमती प्रदेशबाट केन्द्रीय सदस्य (उपत्यका बाहेक) का लागि मणिराज गौतम र मिनकुमार दाहालले उम्मेदवारी दिएका छन्।

यसैगरी, गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यका लागि दिपक भट्टराई र उज्वल पौडेलको उम्मेदवारी परेको छ।

लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यमा यानेन्द्र जिसि र सुमन अधिकारीले उम्मेदवारी दिएका छन्।

त्यस्तै, कर्णाली प्रदेश, केन्द्रीय सदस्यका लागि देविराम देवकोटा यज्ञराज थापा यस प्यानलबाट उम्मेदवार छन्।

सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्यका लागि डिलबहादुर सिंह र रामसिंह ठगुन्ना उम्मेदवार छन्।

उपत्यका प्रदेशबाट केन्द्रीय सदस्यका लागि अर्जुन पन्त र सूर्य सुवेदीले उम्मेदवारी दिएका छन्।

त्यसैगरी, प्रतिष्ठान प्रदेश केन्द्रीय सदस्यहरुका लागि यस प्यानलबाट वीरेन्द्र ओली, साहास भट्टले उम्मेदवारी दिएका छन्।

खुल्ला केन्द्रीय सदस्यका लागि यस प्यानलबाट केशव बहादुर भुल, दामोदर खनाल, लेखनाथ खतिवडा, बुद्द लोप्चन, रामकुमार श्रेष्ठ उम्मेदवार छन्।

यस प्यानलबाट महिला (दलिततर्फ) रिता बुढाथोकी र्निविरोध निर्वाचित भइसकेकी छिन्।

महिला (आदीवासी/जनजातीतर्फ) सरु राना उम्मेदवार छिन्।

महिला (मधेसीतर्फ) मिनकुमारी यादवको उम्मेदवारी परेको छ।

त्यसैगरी, महिला (खस आर्यतर्फ) दिया चन्दले उम्मेदवारी दिएकी छिन्।

यसैगरी, यस प्यानलबाट दलित (पुरुषतर्फ) केन्द्रीय सदस्यका लागि लक्ष्मण दर्नालको उम्मेदवारी परेको छ।

यस प्यानलबाट दलित (महिलातर्फ) निर्विरोध निर्वाचित भइसकेको छ।

आदीबासी जनजाति (पुरुषतर्फ ) अर्जुनबहादुर तामाङको उम्मेदवारी छ।

आदिवासी (महिलातर्फ) निर्विरोध निर्वाचित भइसकेको छ।

मधेसी (पुरुषतर्फ) चन्द्रदेव कामतीको उम्मेदवारी परेको छ।

मधेशी (महिलातर्फ) ललिताकुमारी साहको उम्मेदवारी छ।

अपांगतातर्फको केन्द्रीय सदस्यमा अर्जुन काफ्लेले यस प्यानलबाट उम्मेदवारी दिएका छन्।

यस प्यानलबाट अल्पसंख्यकतर्फको केन्द्रीय सदस्यमा बख्तियार अलिको उम्मेदवारी परेको छ।

यस प्यानलबाट लेखा समिति संयोजकमा ध्रुव रावलले उम्मेदवारी दिएका छन्।

त्यस्तै, लेखा समिति सदस्य गणेशप्रसाद बन्जाडे (पुरुषतर्फ) र लक्ष्मी चौधरीले (महिलातर्फ) उम्मेदवारी दिएका छन्।