निर्मला शर्माको नेतृत्वमा युनियन–चौतारीको संयुक्त प्यानल

दलिततर्फको केन्द्रीय सदस्यमा यस प्यानलबाट सिकेन्द्र पासवन निर्बिरोध निर्वाचित

जनसम्मत
मंसिर २४, २०८१, सोमबार

यही मंसीरको आउँदो २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको निर्वाचनका लागि नेपाली काँग्रेससम्बद्ध नेपाल प्रेस युनियन र नेकपा एमालेसम्बद्ध प्रेस चौतारीको साझा गठबन्धन बनेको छ।

माउ पार्टीहरुको सत्ता साझेदार भएसँगै पत्रकारहरुको छाता संस्था पत्रकार महासंघको चुनावमा पनि सम्बद्ध पत्रकार घटकको नयाँ प्यानल बनेको हो।

काठमाडौंमा आइतबार एक कार्यक्रमबीच निर्मला शर्मा नेतृत्वको आधिकारिक संयुक्त प्यानल घोषणा गरिएको छ।

नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले साझा उम्मेदवारको रुपमा शर्मालाई अगाडी बढाएको छ।

यस प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य प्रत्यासी छन्।

आचार्य नेपाल प्रेस युनियनका पूर्व बरिष्ठ उपाध्यक्षसमेत हुन।

उनी, लामो समय प्रेस युनियनको राजनीतिमा सक्रिय छन्।

उपाध्यक्ष (महिला) मा नितु पण्डित यस प्यानलबाट उम्मेदवार बनेकी छिन्।

पण्डित, प्रेस चौतारीको तर्फबाट महिला उपाध्यक्षकी प्रत्यासी हुन्।

पण्डित संचारिका समुहकी पूर्व अध्यक्षसमेत हुन्।

उपाध्यक्ष (समावेशी) मा उमिदप्रसाद बागचन्दको यस प्यानलबाट उम्मेदवारी परेको छ।

बागचन्द, प्रेस युनियनका तर्फबाट प्रत्यासी हुन्।

बागचन्दसँग लामो समय बीबीसी नेपाली सेवामा काम गरेको अनुभव छ।

यो प्यानलबाट महासचिव पदमा रामप्रसाद दाहालले उम्मेदवारी दिएका छन्।

दाहाल, पनि प्रेस युनियनका तर्फबाट संयुक्त प्यानलका प्रत्यासी बनेका हुन्।

दाहाल, महासंघको पूर्व सचिब एबं रातो पाटी डटकमका सम्पादक हुन्।

यस प्यानलबाट महासंघको सचिव (खुल्ला) मा प्रेस युनियनका रमेश खतिवडाले उम्मेदवारी दिएका छन्।

सचिव (सचिव) मा युनियनकै सोनी शर्माले उम्मेदवारी दिएकी छिन्।

सचिव (आदिवासी/जनजाति) को पदमा चौतारीका सविन प्रियासनको उम्मेदवारी परेको छ।

सचिव (मधेशी) पदका लागि युनियनका अशोककुमार तिवारी प्रत्यासी छन्।

सचिव (दलित) पदका लागि युनियनका प्रकाश धौलाकोटी उम्मेदवार छन्।

सचिव ( एसोसिएट) पदका लागि यस प्यानलबाट प्रेस युनियनका वैकुण्ठराज पराजुली प्रत्यासी छन्।

यस प्यानलबाट कोषाध्यक्ष पदका लागि प्रेस चौतारीका रामकृष्ण ज्ञवालीले उम्मेदवारी दिएका छन्।

ज्ञवाली, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एबं पूर्व केन्द्रीय सदस्यसमेत हुन्।

ज्ञवाली, पोखराबाट प्रकाशन हुने समाधान दैनिकका सम्पादकसमेत हुन्।

यस प्यानलबाट खुल्ला सदस्यहरुमा रामेश्वर कार्की, छविलाल तिवारी, भूपेन्द्र आचार्य, मुकुन्दप्रसाद भण्डारी, लवदेव ढुंगाना छन्।

प्रदेश सदस्यहरुमध्ये कोशी प्रदेशबाट केन्द्रीय सदस्यमा कमलमणि रिमाल र शंकर खरेल प्रत्यासी छन्।

मधेस प्रदेशबाट अच्युतमकुमार सापकोटा र राजेश कर्ण यस प्यानलबाट उम्मेदवार छन्।

वागमती प्रदेशबाट यस प्यानलबाट नवराज पथिक र नारायण अधिकारी केन्द्रीय सदस्यका लागि प्रत्यासी छन्।

त्यसैगरी, गण्डकी प्रदेशबाट कृष्ण केसी र केबी रानामगर यस प्यानलका उम्मेदवारहरु हुन्।

लुम्बिनी प्रदेशबाट यस प्यानलका लागि विकास बन्जाडे र रामराज पोखरेल केन्द्रीय सदस्यको लागि प्रत्यासी छन्।

यसैगरी, कर्णाली प्रदेशबाट तुलाराम पाण्डे र नगेन्द्रप्रसाद उपाध्याय यस प्यानलबाट केन्द्रीय सदस्यका लागि उम्मेदवार छन्।

सूदूरपश्चिम प्रदेशबाट यस प्यानलका योगेन्द्रबहादुर बलायर, सुरेश पन्त केन्द्रीय सदस्यका लागि चुनावी मैदानमा छन्।

यस प्यानलका लागि केन्द्रीय सदस्यमा उपत्यका प्रदेशबाट विनोदप्रसाद चौलागाई, पुस्करराज बुढाथोकी उम्मेदवार छन्।

प्रतिष्ठान प्रदेशबाट नरेन्द्र मानन्धर, सविता शर्मा यस प्यानलका केन्द्रीय सदस्यका लागि उम्मेदवारहरु हुन्।

संस्थागत अर्थात एशोसिएटबाट यस प्यानलको पवित्रा मुडभरी र मुक्तिवावु रेग्मी प्रत्यासी छन्।

महिला सदस्यतर्फ रुविकुमारी रौनियार प्रत्यासी बनेकी छिन्।

महिला (आदिवासी/जनजातीतर्फ) को सदस्यमा यस प्यानलबाट माला मालुङ्वा उम्मेदवार छिन्।

महिला (खस/आर्यतर्फ) को सदस्यमा लिला शाह योगीले उमेदवाारी दिएकी छिन्।

दलिततर्फको केन्द्रीय सदस्यमा यस प्यानलबाट सिकेन्द्र पासवन निर्बिरोध निर्वाचित भएका छन्।

यसैगरी, (आदिवासी/जनजातितर्फ) भरत जर्घामगर र राजकरण महतो छन्।

मधेसी महिला सदस्यमा ललिता साह उम्मेदवार बनेक छिन्।

अपांगतातर्फबाट केन्द्रीय सदस्यका लागि भूपराज बस्याल उम्मेदवार छन्।

त्यसैगरी, अल्पसंख्यकबाट यस प्यानलबाट केन्द्रीय सदस्यका लागि लक्ष्मण थामीको उम्मेदवारी परेको छ।

लेखा समिति संयोजकमा यस प्यानलबाट केसी लामिछाने प्रत्यासी छन्।

लेखा समिति सदस्यमा खुल्ला तर्फबाट केशवप्रसाद वोहरा र महिलातर्फबाट रुक्मिणी पोखरेलको सदस्य पदमा उमेदवारी परेको छ।